Breaking News
recent

बिशुद्ध तीजको गीत कस्तो हुन्छ, बर्दियाको स्वाभिमान महिला समूह ले समाज परिबर्तन गर्न प्रोत्साहन गर्ने तीज गीत निर्माण गरे

भैरब ढुंगाना , नवलपरासी -

हिन्दु धर्मावलम्बी  समाज मा नारिहरुलाइ बिषेस महत्वका साथ् हेरिएको पर्ब  जसमा विषेस गरि  बिबाहित चेलीबेटी  हरुलाई सम्मान स्वरुप माइती पक्ष्य हरुले आमन्त्रणा  गरि दुख सुख साट्ने ,सके सहयोग गर्ने  एउटा अवसर को रुपमा मुख्यतया चेलिबेटीको लागि अवसर प्राप्त पर्ब को रुप मा लिईन्छ  / परम्परागत रुपमा यो पर्वमा चेलीबेटीले आ -आफ्नो बेदनाहरु मनोरंजनात्मक शैलीमा गीत मार्फत समाजमा परिदृश्य गर्ने  परम्परा छ / यसका आ-आफ्नै शैली , भाका ,शब्द रहन्थे  / नेपाली परम्परा अनुसार आ -आफ्नो संस्कार मा आफ्नै सस्कृति छ / तीज उत्सब र रत्यौली  एकै  होइनन /  महिला र पुरुस बीच न त तीजमा दोहोरि हुन्छ  न रत्यौली मा  हाम्रो समाज सस्कृतिको नाममा बिकृति भित्र्याउन शभ्य भनिने तपाइँ हामि नै लागि परेका त हैनौ ?
                    बिशुद्ध तीजको गीत कस्तो हुन्छ , समाजमा भएका बिकृति, विसंगति , सिंगो देशको  पिडा ,सिमा सुरक्षा यो सब समाज अनि  देश बिकाश गर्न भनि हामीले आधिकार दिई नेतृत्व  गर्न पठाएका  प्रतिनिधि द्वारा सोचेअनुरुप काम नभए पछि माइती छोडेर चेली बेटी देशलाई नै माइती मानि यसरि बेदना पोख्दै छन्  स्वाभिमान महिला समूह , बासगढी , बर्दियाका चेलीबेटी हरुले /
साचै भन्नु पर्दा तीजको नाउमा भित्रियको सांगीतिक  बिकृति भन्दा पर रहेर हामीलाई बिशुद्ध तीज गीत हेर्ने मौका याल्ड मुन मिडिया ले उपलब्ध गरायको छ /
यो म्युजिक भिडियो संग सम्बद्ध सम्पूर्ण शब्द एबम लय संकलक , गायिका ,  संगीत संयोजक , छायांकन कर्ता , निर्देशक , कलाकार , दृश्य सम्पादक प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै  बिशुद्ध गीत संगीत को साथै अझै  जोडदार अभिनय र गुणस्तरिय भिडियो को  अपेक्षा गर्दछु /
https://youtu.be/K_GIHNPUkEk
Dear Nepal

Dear Nepal

No comments:

Post a Comment

Dear Nepal. Powered by Blogger.